यि हुन् दिपिका र रणवीरको बिहेको निम्तो पाउने चार ‘भाग्यमानी’

अन्तरवार्ता खेलकुद जीवन मंत्र न्युज ब्रेक प्रमुख समाचार मनी मनोरञ्जन राजनिति लाइफस्टाइल विदेश साहित्य स्वास्थ्य समाचार फ़ूड मंत्रा

सैघाली खबर, ९ कार्तिक ।

बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिवाह मिति सार्वजनिक भइसकेको छ । उनीहरु आगामी नोभेम्बर १४ मा पति-पत्नी बन्दैछन् । यतिबेला यो जोडीको बिहे कहाँ र कसरी हुनेछ भन्नेमा भारतीय मिडियाको आमचासो छ । केही मिडियाले जनाएअनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र रणवीर ।

उक्त समारोहमा बलिउडका केवल चार जनालाई निम्तो पुगेको छ । ती चारमध्ये तीन जनाको पहिचान भइसकेको छ भने एक जना पत्ता लागेका छैनन् । निम्तो कार्ड पाउने ती ‘भाग्यमानी’ हरुमा निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडा छन् । भन्साली र फराहले दिपिकाको तर्फबाट र आदित्यले रणवीरको तर्फबाट निम्तो पाएका हुन् ।

फराहको फिल्मबाट दिपिकाले बलिउडमा डेब्यू गरेकी थिइन् भने भन्सालीका ३ ब्लकबस्टर फिल्मा उनले काम गरिसकेकी छन् । आदित्यलाई भने रणबीरले आफ्नो मेन्टर मान्छन् । बिहे कहाँ हुँदैछ भन्ने सस्पेन्स चाहिँ अहिलेसम्म पनि खुल्न सकेको छैन । यद्यपि, बलियो सम्भावना चाहिँ ईटलीको छ । इटलिको आलिसान बिला डेल बालडियानेलोमा विवाह हुन सक्ने केही मिडियाले उल्लेख गरेका छन् ।

तर, कतिपयले भने मुम्बईमा नै बिहे हुन सक्ने अड्कल काटेका छन् । किनकी वृद्धवृद्धासहितको पारिवारिक जत्थालाई ईटली पुर्‍याउन र फर्काउन सजिलो छैन । बिहेपछि भने मुम्बई र बैंगलौरमा रिसेस्पसन आयोजना हुनेछ जसमा बलिउडका थुप्रै हस्तिहरु उपस्थित हुनेछन् । यसका लागि निम्तो पठाउने क्रम जारी रहेको छ

प्रतिक्रिया दिनुहोस्