आमाको पेटभित्रै दुई शिशुको मेरुदण्डको सफल उपचार

अन्तरवार्ता खेलकुद जीवन मंत्र न्युज ब्रेक प्रमुख समाचार मनी मनोरञ्जन राजनिति लाइफस्टाइल विदेश साहित्य स्वास्थ्य समाचार फ़ूड मंत्रा

कात्तिक, काठमडौं । चिकित्सकहरुले जन्मदैं नजन्मिएका दुई शिशुको मेरुदण्डमा देखिएको समस्याको आमाको पेटमै सफल उपचार गरिदिएका छन् ।

यस्तो सर्जरी बेलायतको मेडिकल इतिहासमै पहिलोपटक भएको जनाइएको छ । लण्डनस्थित युनिभर्सिटी कलेज हस्पिटलमा ३० जना चिकित्सकको टिमले उक्त सर्जरी गरेका हुन् ।

ती दुई बच्चाहरुलाई स्पाइना बाइफिडाको समस्या थियो । यो समस्या भएका बच्चाहरुको स्पाइनल कर्ड अर्थात मेरुदण्ड राम्रोसँग विकास भएको हुँदैन र भित्र अन्तर धेरै हुन्छ ।

यस समस्याको उपचार धेरै जसो बच्चा जन्मपछि गरिने गरिन्छ । तर, जति छिटो यसको उपचार गर्न सकियो उनीहरुको स्वास्थ्य दीर्घकालिन र गतिशील हुने चिकित्सकहरु बताउँछन् ।

९० मिनेटको उक्त सर्जरीमा चिकित्सकहरुले पाठेघरमा सानो प्वाल बनाएर बच्चाको मेरुदण्डमा रहेको खाली ठाउँमा सिलाइदिएका थिए ।
यो प्रक्रिया धेरै जोखिमपूर्ण छ र यसले समयभन्दा पहिले नै बच्चा जन्मिने समस्या पनि निम्त्याउन सक्छ । तर, शोधकर्ताहरुले कम हानी हुने ‘किहोल’ विधि पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

बेलायतमा यस्तो सर्जरी सफल गराउन तीन वर्षदेखि काम गरिरहेकी युसिएलकी प्राध्यापक एन्नी डेभिडले भनिन्, ‘हामीले आमालाई केही औषधिहरु दिएर त्यसले उनलाई नदुख्ने बनाइदियौं तर अझै पनि यसमा धेरै जोखिम छ ।’

प्रतिक्रिया दिनुहोस्