विश्वकप क्रिकेटको ट्रफी काठमाण्डौमा

खेलकुद

काठमाडौं ९ कात्तिक । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ ।२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो ।

ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ ।आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा पि्रमियर लिग (पीपीएल) चलिरहेको छ र भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्