पोखरा प्रिमियर लिग आजदेखि

खेलकुद

काठमाडौं ९ कार्तिक,   । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि पोखरा सुरु हुँदैछ ।पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । खेल उद्घाटन सत्रसकिएपछि ११ बजेसुरु हुनेछ ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना सुरु गर्न लागेको हो । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्न छ । यो पुरस्कार राशी सर्वाधिकको पुरस्कार राशि हो । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्