नवरात्रीका यी ८ रहस्य जुन तपाईंलाई थाहा नहुन सक्छ

अन्तरवार्ता खेलकुद जीवन मंत्र न्युज ब्रेक प्रमुख समाचार मनी मनोरञ्जन राजनिति लाइफस्टाइल विदेश साहित्य स्वास्थ्य समाचार फ़ूड मंत्रा

हिन्दू धर्माबलम्बीहरुले हर्षोल्लासको साथमा मनाउने दशैं पर्वलाई धेरैले सामान्य रुपमा राम्रो लगाउने मिठो खाने, पारिवारिक भेटघाट र रमाइलो गर्ने पर्वको रुपमा लिने गर्छन् ।

तर, यो पर्वको धार्मिक महत्व एकदमै पनि ठूलो रहेको छ । दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ ।

घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ ।

‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ ।

नवरात्रीको धार्मिक महत्व र धार्मिक पक्षको बारेमा धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामीले नवरात्रीको धार्मिक पक्षहरु र यसभित्र लुकेका रहस्यहरुबारे तपाईंलाई जानकारी दिन गइरहेका छौं ।

जानिराखौं नवरात्रीको ८ रहस्य

पहिलो रहस्यः ३६ रात्री
नवरात्री असोज मात्रै नभई वर्षभरीमा चार महिनामा आउँछ । यी चार महिना हुन्ः चैत, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्री हुन्छ जसलाई ठूलो नवरात्री वा वसन्त नवरात्री पनि भनिन्छ ।

त्यस्तै असार र पुस महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ भने असोज महिनाको नवरात्रीलाई शारदिय नवरात्री पनि भनिन्छ ।

दोस्रो रहस्यः ९ छिद्र
हाम्रो शरीरमा ९ छिद्र छन् । दुई आँखा दुई कान नाकका दुई छिद्र दुई गुप्ताङ र एक मुख । यी नौ अंगलाई पवित्र र शुद्ध गर्ने हो भने मन निर्मल हुन्छ र छैठौं इन्दि्रयलाई जागृत गर्छ ।

प्रतिक्रिया दिनुहोस्