जिला प्रशासन कार्यालय द्वारा जारी सुचना

न्युज ब्रेक प्रमुख समाचार राष्ट्रीय विविध

कपिलवस्तु:-
कपिलवस्तुको सीमावर्ती जिल्ला भारतको सिद्धार्थनगर जिल्लामा यही मार्च ३ तदनुसार फागुन १९ गते निर्वाचन हुने भएकोले निर्वाचन सकिनु ४८ घण्टा पूर्व अर्थात १ मार्च तदनुसार फागुन १७ गते बेलुका ६ बजे पछि सुरक्षाका लागि नेपाल भारत आवतजावत गर्न सीमा बन्द हुने हुँदा सर्वसाधारणलाई जानकारीका लागि प्रचार प्रसार गरिदिनु हुन अनुरोध छ । टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् । यताबाट प्रवेश रोकिने छ । त्यस अवधिमा ईमर्जेन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्