१४ आतंककारीलाई मृत्युदण्डकाे फैसला

अन्तरवार्ता खेलकुद जीवन मंत्र न्युज ब्रेक प्रमुख समाचार मनी मनोरञ्जन राजनिति लाइफस्टाइल विदेश साहित्य स्वास्थ्य समाचार फ़ूड मंत्रा

पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय–समयमा हिंसात्मक गतिविधि गरिरहेको आरोपमा १४ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।

उनीहरुका क्रियाकलाप आतंककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो । शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो ।

उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतंककारी सजाय कानुनअनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ ।

सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिए ।

पाकिस्तानी सेनाको अन्तर सेवा जनसम्पर्क कार्यालयले शनिबार सो समाचारको पुष्टि गरेको हो । उक्त कार्यालयले सैनिक प्रमुख जर्नेल क्वामालाई उद्धृत गर्दै जनाएको छ ।

ती १४ जना विगत लामो समययतादेखि पाकिस्तानी सेनाका अधिकृतिहरुमाथि आक्रमण गर्ने, पाकिस्तानी सर्वसाधारण नागरिकको ज्यान लिने, शिक्षण संस्थाहरुमा आक्रमणगरी देशको भौतिक संरचनामा क्षति पु¥याउने जस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको छ ।

उनीहरुले विगतमा पाकिस्तानका कम्तीमा पनि २२ जना नागरिकको हत्या गरेका थिए । यसरी हत्या भएकामा तीन जना सर्वसाधारण नागरिक र अरु १९ जना सुरक्षा निकायका अधिकारीहरु रहेका थिए ।

उनीहरुले विष्फोटक पदार्थ पड्काएर देशको भौतिक सम्पत्ति पनि नष्ट गरेका थिए । ती सबै आ

प्रतिक्रिया दिनुहोस्