श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या

लाइफस्टाइल

भारतमा श्रीमतीले केटी साथीसँग च्याट नगर्न भनेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । श्रीमतीले व्हाट्सएप च्याट गर्नमा रोक लगाएपछि श्रीमानले झुण्डीएर आत्महत्या गरेका हुन ।

श्रीमानले आफ्नो बाल्यकालदेखिको केटी साथी वेनेलासँग च्याटमा कुराकानी गर्ने गरेका थिए । घटना थाहा पाए लगत्तै वेनेलाले पनि एसिड खाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २७ वर्षका शिव कुमार र उनकी श्रीमतीबीच केटी साथीसँग च्याट गरेको विषयमा पटक पटक झगडा हुने गरेको थियो । पछिल्लो पटक श्रीमतीले यस विषयमा श्रीमान् शिव कुमारलाई नराम्रोसँग गाली गरेकी थिइन् र उक्त कुरा परिवारका सदस्यहरुलाई बताउने चेतावनी दिएकी थिइन् ।

च्याटकै विषयमा विवाद भएपछि शनिवार उनले श्रीमान् शिव कुमारलाई छिमेकीको घरमा लगेकी थिइन् ताकि छिमेकीहरुले यस्तो नगर्न भनेर उनलाई सम्झाउन सकुन् ।

त्यसलगत्तै शिव कुमारले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । शिव कुमारले आत्महत्या गरेको खबर पाएपछि विक्षिप्त बनेकी वेनेलाले पनि शनिबार नै एसिड खाएर आत्महत्या गरेकी हुन् ।

एसिड खाएपछि गम्भीर बनेकी वेनेलालाई गान्धी अस्पतालमा भर्ना गरिएको थियो जहाँ उपचारका क्रममा आइतबार उनको ज्यान गयो ।

यो घटना भारतको सिकन्दराबादको मारेडपल्लीमा भएको हो । प्रहरीले इलेक्ट्रिशियनको काम गर्ने शिव कुमारको अघिल्लो महिना मात्रै विवाह भएको जनाएको छ । उनी विवाहपछि पनि वेनेलासँग नियमित सम्पर्कमा थिए ।

प्रतिक्रिया दिनुहोस्