अधिनायकवादका बिरुद्ध लड्न नेवीसंघ तयार छ : तिलक रावत

अन्तरवार्ता खेलकुद जीवन मंत्र न्युज ब्रेक प्रमुख समाचार मनी मनोरञ्जन राजनिति लाइफस्टाइल विदेश साहित्य स्वास्थ्य समाचार फ़ूड मंत्रा

दाङ असोज ४
बाम अधिनायकावादका बिरुद्ध जस्तोसुकै लडाई लड्न नेपाल विद्यार्थी संघ तयार रहेको नेवी संघका नेता तिलक रावतले बताउनुभएको छ ।
आज सैघाली खबर डटकम संगको राजनैतिक संवाद्मा नेवि संघ दाङ साविक क्षेत्र नं ३ का सभापति रावतले यस्तो बताउनुभएको हो ।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या, देशै भरी बढेको महंगी, पेटो«लियम पदार्थको मुल्यबृद्धि, गैह्रकानुनी धरपकड जस्ता सरकारको कृयाकलाप बिरुद्ध नेवि संघ देशैभरी आन्दोलित भएको भन्दै रावतले निरंकेस सैह्य नहुने बताउनुभयो ।

“ कम्युनिस्ट शासनमा मान्छे सरकारले मार्दैन तर बाँच्न पनि दिंदैन” रावतले भन्नु भयो ।

सरकारको गलत कार्यसैलिको बिरोध गर्नु र सहि कार्यको समर्थन गर्नु प्रतिपक्षको धर्म हो । नेवी संघले आफ्नो धर्म पालना गरेको रावतको जिकीर छ ।

स्थानीय, प्रादेशीक तथा संघीय चुनावकाबेला नेताहरुले नेताहरुले दङ्गाली जनतालाई धोका दिएको रावतले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्